birat ribon

माइन्यूट बुक मसँग छ, लुकेर गरेको निर्णय मान्दैनौँ : नेकपा प्रमुख सचेतक

Neuro
माइन्यूट बुक मसँग छ, लुकेर गरेको निर्णय मान्दैनौँ : नेकपा प्रमुख सचेतक

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि प्रदेश १ मा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाएको छ । बहुमत सदस्यको उपस्थितिमा दलको नेताबाट हटाएको प्रचण्ड–माधव समूहको दावी छ । तर होटलमा गरेको निर्णयलाई आफूहरूले नमान्ने नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।

Padelux insider
cura insider

नेकपा विभाजनपछि राजभण्डारी ओली समूहमा लागेका छन् । दलकै अर्काे समूहले लुकेर गरेको निर्णय आफूहरूले नमान्ने उनको भनाइ छ ।

उनले आफूहरू वैधानिक रहेको र आफूहरूले १६ जनालाई गरेको निलम्बन वैधानिक भएको बताए । ‘नेकपाको संसदीय दलको नेता माननीय शेरधन राई हुनुहुन्छ । प्रमुख सचेतक म आफैँ छु,’ उनले भने, ‘बहुमत छ भन्दै लुकेर बसेर हटाएर हुँदैन ।’

उनले सबै सदस्यको उपस्थितिमा बसेको बैठकबाट नेता परिवर्तन गरेमात्रै मान्य हुने बताए । ‘अस्ती १९ गते बैठक भनियो र हामी बैठक भनेर आयौँ,’ उनले भने, ‘उहाँहरूको बैठक बस्न सकेन । कहाँ कसरी बस्नु भो हामीलाई थाहा छैन । त्यसको औचित्व पनि छैन । बहुमतसिद्ध गर्नका निम्ति ६५ जना सदस्यको बैठक बसेर दलको नेता परिवर्तन गर्नुपर्छ ।’ उनले संसदीय दलको माइन्यूट बुक र ३५ जना प्रदेशसभा सदस्यको हस्ताक्षर आफूसँग रहेको बताए ।

दलका नेता र प्रमुख सचेतकको रूपमा आफूहरूले गरेको कारवाही वैधानिक भएको बताउँदै उनले प्रचण्ड–माधव समूहले आफूसहितका नेतालाई गरेको कारवाही कानुनविपरीत भएको बताए ।

यद्धपि, कारवाहीका विषयमा राजनीतिक रूपमा समस्या समाधान गरेर अघि बढ्ने बताए । ‘अब राजनीतिक रूपमा यसको समाधान गरेर मात्रै सदन अगाडि बढाउनुपर्छ भन्ने सभामुखको आग्रह हामीले स्वीकारेकाले बुधबारको बैठकमा निलम्बन गरिएका १६ जना प्रदेशसभा सदस्यले प्रवेश पाउनुभयो,’ उनले थपे, ‘छलफल गरेर के गर्न सकिन्छ त्यसको निचोड निस्कन्छ अनि सदन पुनर्सञ्चालन हुन्छ ।’ उनले सदन माघ १५–१६ गतेबाट पुनःसञ्चालन हुनसक्ने बताए ।

jackson ribon