birat ribon

महिला लिग : आर्मी र पुलिसको बराबरी

Neuro
महिला लिग : आर्मी र पुलिसको बराबरी

विराटनगर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आजबाट सुरु भएको राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

cura insider

दशरथ रङ्गशालामा बुधबार भएको उद्घाटन खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

दुवै टोलीले गोल गर्ने राम्रा अवसरहरू पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारीपछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरेपनि आर्मीविरुद्ध जित निकाल्न सकेनन् ।

यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छन् । उनले यु–१९ महिला फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।

आजदेखि सुरु भएकाे लिग फागुन ७ गतेसम्म चल्नेछ । तीन वटा विभागीय टिम र चार वटा नगरस्तरीय टिमको यस प्रतियोगितामा सहभागिता छ ।

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफ, चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकाले महिला राष्ट्रिय लिग खेल्नेछन् ।

jackson ribon