birat ribon

आज तीन सय १८ कोरोना सङ्क्रमित थपिए

Neuro
आज तीन सय १८ कोरोना सङ्क्रमित थपिए

विराटनगर । बुधबार देशभर थप तीन सय १८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको छ ।

नेपालमा आज थप तीन सय ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार छ सय ४२ पुगेको छ ।

हाल तीन हजार छ सय ९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप छ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ७५ पुगेको छ ।

jackson ribon