birat ribon

‘अविश्वासको प्रस्तावमा संसद्को फैसला मान्छौँ’

Neuro
‘अविश्वासको प्रस्तावमा संसद्को फैसला मान्छौँ’

विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका प्रदेश १ का नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो संसदबाटै हुने बताएका छन् । बुधबारको प्रदेशसभा बैठकपछि उनले प्रस्तावको छिनोफानो सदनबाट नै हुने बताएका हुन् ।

Padelux insider
cura insider

‘प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा अब संसद्ले नै यसको छिनोफानो गर्छ,’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाद्वारा संसद्ले दिएको फैसला हामी मान्न तयार छौँ ।’

मुख्यमन्त्रीविरुद्ध गत पुस १२ गते प्रचण्ड–माधव समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्तापछि पाँच जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

पाँच जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएपनि नेकपा संसदीय दलभित्र आफ्नो पक्षको बहुमत रहेको बताउँदै आएको छ ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले अब बस्ने प्रदेशसभा बैठकमा प्रस्तावमाथि निरन्तर छलफल हुने र अविश्वासको प्रस्ताव असफल हुने बताए ।

बुधबार प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको पहिलो बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।

प्रमुख सचेतक राजभण्डारीका उनका अनुसार दोस्रो बैठक माघ १५-१६ गते बोलाउने सम्भावना छ । ‘अब बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुन्छ,’ उनले भने, ‘टेबुलपछि पूर्णरूपमा असफल हुन्छ ।’

jackson ribon