birat ribon

पोचेटिनोको योजना : पिएसजीमा एम्बाप्पेको विकल्प केन

Neuro
पोचेटिनोको योजना : पिएसजीमा एम्बाप्पेको विकल्प केन

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट (पिएसजी)का प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली युवा स्टार किलियन एम्बाप्पेको विकल्प खोज्न थालेको बताइएको छ ।

फ्रेन्च मिडियाहरूका अनुसार हालै पिएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका पोचेटिनोले क्लबमा विश्वकप विजेता एम्बाप्पेको विकल्प खोज्न थालेका हुन् ।

cura insider

२२ वर्षीय एम्बाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडसँग जोडिएका छन् । पिएसजी एम्बाप्पेसँग सम्झौता नवीकरण गर्न इच्छुक देखिए पनि एम्बाप्पे रियल जाने मनसायमा रहेको बताइन्छ ।

केही समयअघि पिएसजीका खेल निर्देशक लियोनार्दोले एम्बाप्पे महत्त्वपूर्ण खेलाडी भएको उल्लेख गर्दै उनीसँग क्लबले सम्झौता लम्ब्याउन चाहेको बताएका थिए । एम्बाप्पे र पिएसजीबीचको सम्झौता जुन २०२२ सम्मको छ ।

तर, पोचेटिनोले ला लिगा च्याम्पियन क्लब जाने मनसाय बनाएका एम्बाप्पेको स्थानमा नयाँ खेलाडीको खोजी सुरु गरेको ‘एल चिरिङ्गुइटो’ले लेखेको छ । टोटनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोले उनको स्थानमा ह्यारी केन ल्याउने योजना बनाएका छन् ।

टोटनह्यामका कप्तानसमेत रहेका केनलाई पिएसजी ल्याउने पक्षमा रहेका पोचेटिनोले एम्बाप्पेलाई क्लब छोड्न दिने मनसाय बनाएको बताइन्छ । तर, एम्बाप्पेले छोडेमा मात्र केन ल्याउने पोचेटिनोको योजना छ ।

jackson ribon