birat ribon

अत्यधिक मोबाइल गेम खेल्ने बच्चामा देखिन सक्छन् यस्ता समस्या

Neuro
अत्यधिक मोबाइल गेम खेल्ने बच्चामा देखिन सक्छन् यस्ता समस्या

विराटनगर/टेक्नोलोजीको युगमा सबैले आफ्नो समय वास्तविक संसारको साटो डिजिटल विश्वमा बिताइरहेका छौँ ।

cura insider

झन् कोरोना भाइरसले निम्त्याएको लकडाउनको अवधिमा धेरै मानिस आफ्नो समय कटाउनका लागि मोबाइल, ल्यापटपका फिल्म तथा सिरिज हेर्ने वा गेम खेल्ने गरिरहेका थिए । युवामात्र नभएर बच्चाहरूले समेत ग्याजेटमा धेरै समय बिताउने गरिरहेका छन् । जसमा अभिभावकले पनि ध्यान दिइरहेका छैनन् ।

आजका दिनमा बच्चाहरू मोबाइलमा गेम खेल्न बढी समय बिताइरहेका छन् । सबै काम छोडेर बच्चाले मोबाइलको गेम खेल्न थालेको छ भने यो बच्चामा बानी भइसकेको बुझिन्छ जुन लागूपदार्थको लत लाग्दाजत्तिकै खतरनाक हुन्छ । बच्चाले लामो समयसम्म मोबाइलमा गेम खेल्न जारी राखेमा ड्रग्सको लतजस्तै यसले पनि बच्चाको विकास, व्यवहार, दिमागका कार्य तथा संरचना परिवर्तन गर्नुका साथै स्वास्थ्यमा नकरात्मक प्रभाव पार्छ ।

अत्यधिक समय स्क्रिनमा बिताउँदा आँखामा समस्या हुनु समान्य हो । बच्चा मोबाइलमा गेम खेल्दा कुर्सी, ओच्छ्यान वा भुइँमा शरीरको आसन नमिल्ने गरी लामो समयसम्म बस्छन्, जसका कारण मांसपेशी र जोर्नी समस्या निम्तिनुका साथै ढाड, घाँटी र टाउको दुख्ने जोखिम पनि बढ्न सक्छ । मोबाइल गेम खेल्ने बच्चाहरू लामो समयसम्म एकै ठाउँ बस्ने तथा खानपानमा ध्यान नदिने हुँदा मोटोपनाको जोखिम निम्त्याउँछ ।

मोटोपनाले भविष्यमा गएर मधुमेह, उच्च रक्तचाप, मुटु रोगलगायत विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । मोबाइल गेम खेल्ने बच्चामा ध्यानको कमी हुने गर्छ जसले उनीहरूको अध्ययनमा खराब असर पर्न जान्छ । प्रायजसो भिडियो गेममा हिंसात्मक सामग्री समावेश गरिएको हुन्छ । जस कारणले बच्चामा हिंसात्मक विधि अपनाउने जोखिम बढ्छ र उनीहरूमा आक्रामक विचार आउन सक्छ ।

अत्यधिक गेम खेल्ने बच्चा खेल्न नपाउँदा धेरै रिसाउने, झर्किने हुनसक्छ । त्यसैले यस्तो अवस्थामा आमाबुबा वा अभिभावकले आफ्नो बच्चालाई लामो समयसम्म मोबाइलमा गेम खेल्न अनुमति नदिने तथा रचनात्मक कार्यमा प्रोत्साहन गरेर पढाइमा पनि ध्यान क्रेन्द्रित गराउन सहयोग गर्नु पर्छ ।

jackson ribon