birat ribon

बूढीगङ्गाका जेष्ठ नागरिकलाई कम्बल र जुत्ता वितरण

Neuro
बूढीगङ्गाका जेष्ठ नागरिकलाई कम्बल र जुत्ता वितरण

विराटनगर/मोरङको बूढीगङ्गा गाउँपालिका–५ का जेष्ठ नागरिकलाई कम्बल र जुत्ता वितरण गरिएको छ ।

Padelux insider
cura insider

संरक्षण तथा विकास सिडिओ नेपाल नामक संस्थाले उक्त ठाउँका जेष्ठ नागरिकलाई जाडोको समयमा कम्बल र जुत्ता वितरण गरेको हो । ५ नम्बर वडाका १५ जना जेष्ठ नागरिकलाई सम्मानस्वरुप उक्त सामग्री वितरण गरिएको संस्थाकी कार्यक्रम संयोजक तुलसा आचार्यले बताइन् ।

जेष्ठ नागरिकलाई वडा नं. ५ का वडा अध्यक्ष रमेश खनालले उक्त सामग्री हस्तान्तरण गरेका थिए । यस संस्थाले बूढीगङ्गा–४ र ५ मा परियोजना सञ्चालन गरेको आचार्यले बताइन् ।

संस्थाले गर्भवती महिला, सुत्केरी, बालबालिका, अपाङ्ग, एकल महिला र जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै कार्यक्रम गर्दै आएको बताइएको छ ।

यसैगरी बूढीगङ्गा–४ मा वडासँगको समन्वयमा ८० थान सेरामिक वाटर फिल्टर वितरण गरिएको संस्थाकी कार्यक्रम संयोजक आचार्यले बताइन् ।

jackson ribon