birat ribon

भारतले दस लाख डोज खोप उपलब्ध गराउने

Neuro
भारतले दस लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं, ७ माघ । भारत सरकारले नेपाललाई दस लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतीय राजदूत विनय मोहन क्वात्रा उपस्थित रहेकाे संयुक्त पत्रकार सम्मेलनमा नेपाल सरकारलाई भारत सरकारले दस लाख डोज खोप उपलब्ध गराउने जानकारी दिए ।

खोप अनुदान गरेकोमा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद व्यक्त गरे । उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने योद्धाहरूका लागि खोप प्रयोग गरिने जानकारी दिए ।

‘फागुनमा खोप ल्याउने घोषणा मैले गरेको थिएँ । तर पहिलो खेपको खोप भोलि नै नेपाल आउने भएको छ,’ उनले भने ।

मन्त्री त्रिपाठीले कानुनी, आर्थिक जटिलता हल गर्नसके बाँकी खोप पनि छिट्टै ल्याउन सकिने बताए । उनले खोप आयातमा पारदर्शीता अपनाउने प्रतिवद्धता जनाए ।

jackson ribon