birat ribon

दुई मिनेटको अन्तरमा दुई वटा रातो कार्ड

Neuro
दुई मिनेटको अन्तरमा दुई वटा रातो कार्ड

विराटनगर । कोपा इटालियाअन्तर्गत एएस रोमा स्पेजियासँग ४–२ गोलले स्तब्ध भयो । गए राति भएको अन्तिम १६ को खेलमा दुई मिनेटको अन्तरमा दुई वटा रातो कार्ड दिइएपछि रोमा स्पेजियासँग हार ब्यहोर्न बाध्य भएको हो ।

Padelux insider
cura insider

घरेलु मैदानमा खेलको निर्धारित समय दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । बराबरीपछि थपिएको अतिरिक्त समयमा रोमाका दुई खेलाडी रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भए । त्यसको प्रत्यक्ष फाइदा उठाउँदै स्पेजियाले दुई गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।

खेलको ९१औं मिनेटमा रोमाका डिफेन्डर जियानलुका मान्सिनीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छोडेका थिए । ९२औं मिनेटमा गालकिपर पपु लोपेजले रातो कार्ड पाएपछि रोमा नौ खेलाडीमा सीमित बन्न पुगेको थियो । त्यसको फाइदा स्पेजियाले उठायो ।

आफ्ना खेलाडीलाई दुई मिनेटको अन्तरमा नै दुई रातो कार्ड दिइएपछि रोमाले इटालियन फुटबल महासङ्घसँग यसबारे अपिल गर्ने भएको छ । प्रशिक्षक पाउलो फोन्सेकाले भने क्लबमा समस्या भएको उल्लेख गरेका छन् ।

jackson ribon