birat ribon

खोप लगाएपछि देखिन सक्छन् यी साइड इफेक्ट

Neuro
खोप लगाएपछि देखिन सक्छन् यी  साइड इफेक्ट

विराटनगर/विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धको खोप वितरण अभियान सुरु भइसकेको छ भने लाखौँ मानिसले खोप पाइसकेका छन् ।

Padelux insider
cura insider

खोप लगाएकामध्ये धेरैलाई साइड इफेक्ट भएको, अस्पताल भर्ना हुनु परेको तथा मृत्यु भएकोसमेत खबर सुन्नमा आइरहेका छन् । खोपको साइड इफेक्ट प्रायः पूर्वानुमान गर्न सकिन्छ । खोप लिने मानिसलाई डाक्टरले पहिले नै खोपले निम्त्याउन सक्ने सम्भावित र सामान्य साइड इफेक्टका बारेमा सुरुमै प्रष्ट गरिसकेका हुन्छन् ।

खोपले निम्त्याउने समान्य साइड इफेक्ट खोप लिएका १० मध्ये एक व्यक्तिमा देखापर्छ । तर, निकै कम मानिसमा भने खोप दिएपछि असामान्य साइड इफेक्ट पनि देखापरिरहेको छ ।

यी हुन् खोपले देखाउने सामान्य साइड इफेक्ट :

– इन्जेक्सन लगाएको ठाउँमा रातो हुने, कडा हुने, तथा दुख्ने

– बिरामी हुन्छु जस्तो अनुभव हुनु

– थकान

– टाउको दुखाइ

– शरीर काप्ने वा ज्वरो आउने

– वाकवाकी हुने

– मांशपेशीको दुखाइ, शरीरको दुखाइ वा जोर्नीको दुखाइ

– नाक बग्नेलगायत अन्य फ्लूका लक्षण

यी हुन् खोपले देखाउने असामान्य साइड इफेक्ट :

– रिँगटा लाग्ने

– भोक नलाग्ने, खाना खान मन नलाग्ने

– पेटको दुखाइ

– अत्यधिक पसिना आउने

– छाला चिलाउने वा छालामा दाग आउने

साथै, देखिएको कुनै साइड इफेक्ट खोपसँग सम्बन्धित नभई शारीरिक समस्याबाट पनि भएको हुन सक्छ ।

jackson ribon