birat ribon

आर्मीको लगातार तेस्रो जित, प्रदेश १ को तेस्रो हार

Neuro
आर्मीको लगातार तेस्रो जित, प्रदेश १ को तेस्रो हार

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई चार विकेटले हराएको हो ।

Padelux insider
cura insider

मूलपानी मैदानमा प्रदेश १ ले दिएको एक सय ३२ रनको लक्ष्य आर्मीले २९ दशमलव ५ ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको हो । आर्मीको जितमा लोकेश बमले १३ रन बनाउँदा हरि चौहानले आठ रन जोडे ।

यस्तै कप्तान विनोद भण्डारीले पाँच रन, रोहित पौडेलले ३६ रन जोड्दा भीम सार्कीले २९ जोडे भने राजेश पुलामीले २४ रन बनाए ।

प्रदेश १ का फिर्दोष अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र सुभांकर उरावले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० दशमलव १ ओभरमा एक सय ३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

प्रदेश १ का लागि दीपक पासवानले १९ रन बनाउँदा विवेक मेहताले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फिर्दोष अन्सारीले ३२ रन बनाए भने दिपेश कँडेलले ११ रन बनाएका थिए ।

आर्मीका लागि साहब आलमले चार, आकाश चन्दले तीन साथै सुसन भारी, राजेश पुलामी र भीम सार्कीले एक–एक विकेट लिएका थिए ।

यससँगै आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले यसअघि कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई हराएको थियो । यस्तै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अङ्क जोडेको छ ।

शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ ।

यता, प्रदेश १ को भने यो तेस्रो हार हो । प्रदेश १ यसअघि गण्डकी र एपिएफसँग पराजित भएको थियो ।

प्रदेश १ तीन खेलमा अङ्कविहीन रहेर पुछारमा छ ।

jackson ribon