birat ribon

कोरोना भाइरसको नयाँ स्ट्रेन विश्वका ६० देशमा पुग्यो

Neuro
कोरोना भाइरसको नयाँ स्ट्रेन विश्वका ६० देशमा पुग्यो

विराटनगर/कोरोना भाइरसको नयाँ स्ट्रेन अहिलेसम्म विश्वका कम्तीमा पनि ६० देशमा पुगिसकेको छ ।

Padelux insider
cura insider

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएअनुसार १४ डिसेम्बरमा पहिलो पटक बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट अहिलेसम्म ६० देशमा पुगिसकेको हो । बेलायतको नयाँ स्ट्रेन यो हप्तामा विश्वका १० वटा देशमा पुगेको हो । त्यस्तै, पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको अर्को नयाँ स्ट्रेन जसलाई बेलायतको नयाँ भेरिएन्टभन्दा बढी सङ्क्रामक भएको मानिन्छ, हाल २३ देशमा पुगिसकेको छ ।

डब्लुएचओले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा करिब ९३ हजार जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । साथै, सोही समयमा थप ४७ लाख जति सङ्क्रमित थपिएका छन् । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

गत पुस महिनामा बेलायतबाट फर्किएका व्यक्तिमा नमुना परीक्षण गर्दा दुई पुरुष एक महिला गरी तीन जनामा नयाँ स्ट्रेनबाट सङ्क्रमण पुष्टि भएको हो । भाइरसको नयाँ स्ट्रेन पहिलेको भाइरसको तुलनामा ७० प्रतिशत बढी सङ्क्रामक रहेको विभिन्न अध्ययनले देखाइसकेको छ ।

jackson ribon