विराटनगर । स्पेनिस कोपा डेल रेअन्तर्गत रियल मड्रिडले दोस्रो डिभिजन क्लब सिडी अल्कोयानोसँग खेल्दैछ । कोपा डेल रेको अन्तिम ३२ को उक्त खेल नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।
अल्कायानोको मैदानमा हुने सो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अन्तिम १६ मा पुग्ने दाउमा हुनेछन् । आजै हुने अर्को खेलमा रियल सोसिडाडले कोर्डोबासँग खेल्दैछ । यो खेल ११ः४५ बजे हुनेछ ।