birat ribon

मुङको दाल मधुमेह, रक्तचाप, कोलेस्ट्रोलका लागि निकै फाइदाजनक

Neuro
मुङको दाल मधुमेह, रक्तचाप, कोलेस्ट्रोलका लागि निकै फाइदाजनक

विराटनगर/मुङको दाल स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।

Padelux insider
cura insider

मुङ दालको रसको नियमित सेवनले शरीरमा लाग्ने धेरै रोगबाट बचाउनुका साथसाथै शरीरलाई पोषण प्रदान गरी स्वास्थ्यसँग सम्बन्धित असङ्ख्य फाइदा पनि प्रदान गर्छ । मुङ दालमा फाइबर, आइरन, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, भिटामिन बी, र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ जसले शरीरमा यी पोषक तत्वहरूको अभावलाई पूरा गर्छ ।

मुङको दाललाई सजिलै पचाउन सकिन्छ । मुङ दालको सेवनले पाचन प्रक्रियामा सुधार ल्याई पेटमा चिसो पैदा गर्छ, जसले पाचनसँग समबन्धित र पेटमा ताप बढी भएमा हुने समस्या हुन दिँदैन । कब्जियतको समस्या भएकाले मुङको दाल सेवन गर्नु धेरै लाभदायक हुन्छ । यसले पेट सफा गर्न मद्दत गर्छ र कब्जियतको समस्यालाई हटाउन मद्दत गर्छ ।

पोटासियम, म्याग्नेसियम र फाइबरको राम्रो स्रोत मानिने मुङको दाल उच्च रक्तचाप भएका तथा नभएमा समेत रक्तचापको स्तरलाई नियन्त्रित राख्न मद्दत गर्छ । कोलेस्ट्रोलको समस्या भएका तथा अत्यधिक तौल भएका मानिसलाई पनि मुङ दालको सेवन लाभकारी हुन्छ । यसले शरीरबाट बढी मात्रामा खराब कोलेस्ट्रोल हटाउन सहयोग पुर्‍याउँछ ।

कोलेस्ट्रोल घटेसँगै यसले मुटुसम्बन्धी रोगको जोखिम पनि कम गराउँछ । भिजाएको मुङ दालमा कम मात्रामा क्यालोरी हुन्छ र यसलाई खाएपछि पेट लामो समयका लागि भरिएको महसुस हुन्छ । र, थप क्यालोरी सेवन नगर्ने हुँदा यसले तौललाई नियन्त्रणमा ल्याउन पनि मद्दत गर्छ । मुङको दाल एन्टिअक्सिडेन्ट्सको राम्रो स्रोत हो, जसले हृदय रोग, मधुमेह र केही क्यान्सरलगायत गम्भीर रोगको जोखिमलाई कम गर्न सक्छ ।

jackson ribon