विराटनगर/ प्रदेश नं १ काे बुधबारको प्रदेशसभा बैठक स्थगित भएकाे छ । आज तीन मिनेट बसेर प्रदेशसभा बैठक स्थगित भएकाे हो ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र सभामुख प्रदीप भण्डारीले वाचन गरेपछि बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे हाे । अब, अर्काे बैठक माघ १५-१६ गते सभामुखले भण्डारीले बाेलाउने सम्भावना छ ।
आजबाट प्रदेश १ को सातौँ हिउँदे अधिवेशन सुरु भएकाे हो ।