birat ribon

नेकपा दुवै पक्ष नरम : प्रदेशसभाको बैठक सुचारु हुने

Neuro
नेकपा दुवै पक्ष नरम : प्रदेशसभाको बैठक सुचारु हुने

विराटनगर/प्रदेश १ को हिउँदे अधिवेशन विनाअवरोध सञ्चालन गर्न नेकपाका दुवै समूह सहमत भएका छन् । बुधबार बिहान बसेको कार्यव्यवस्था समितिको छलफलमा दुवै समूह अवरोध नगर्न सहमत भएका हुन् ।

Padelux insider
cura insider

प्रदेश १ को कार्यव्यवस्था समितिको बैठकमा भएको निर्णयबारे जानकारी गराउँदै बुद्धिकुमार राजभण्डारीले भने, ‘प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्ने र सदन सुचारु भएको जानकारी गराइने छ । र, अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि सदन स्थगन गर्ने भन्ने निर्णय भएको छ र त्यहीअनुसार हुनेछ ।’

बैठकपछि सभामुखले अर्काे बैठक तोक्ने छन् । प्रदेश प्रमुखको पत्र वाचन गरिने सभामा निलम्बन गरिएकालाई अवरोध नहुने उनले बताए ।

सदन सुचारु भएको बैठकमा सबै दलका नेताले सम्बोधन गर्ने परम्परा थियो । तर विवाद समाधानका लागि आज कसैले सम्बोधन नगर्ने र प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाउने निर्णय भएको छ ।

jackson ribon