birat ribon

नमुना संसदमा राष्ट्रियसभा बैठक

Neuro
नमुना संसदमा राष्ट्रियसभा बैठक

काठमाडौँ/प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रियसभाको बैठक गरी विरोध जनाइएको छ ।

Padelux insider
cura insider

बुधबार काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसद् बनाई राष्ट्रियसभाको नमुना बैठक गरिएको हो । नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रियसभाको नमुना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताए ।

सडकमा गरिएको नमुना राष्ट्रियसभाको बैठकमा बोल्ने सहभागीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने सहभागीहरुको भनाइ थियो ।

jackson ribon