birat ribon

ल्वाङ चियाका फाइदैफाइदा, सजिलै तयार गर्न सकिने

Neuro
ल्वाङ चियाका फाइदैफाइदा, सजिलै तयार गर्न सकिने

विराटनगर/भान्साघरमा दैनिकजसो सबैभन्दा बढी प्रयोग हुने मसलामध्ये ल्वाङ एक हो ।

Padelux insider
cura insider

सुगन्ध र स्वादबाहेक, ल्वाङलाई औषधिको रुपमा स्वास्थ्य लाभका लागि पनि प्रयोग गरिन्छ । स्वस्थ रहनका लागि एन्टिआक्सिडेन्टले भरिएको, ल्वाङलाई आफ्नो दैनिक आहारको एक हिस्सा बनाउनु पर्छ । ल्वाङलाई सेवन गर्न सकिने विभिन्न तरिका छन् र त्यसमध्ये सबैभन्दा सजिलो भनेको ल्वाङ चियाको सेवन गर्नु हो ।

एन्टिअक्सिडेन्ट, एन्टी इफ्लेमेटरी, पोटासियम र भिटामिन ए, सी, सोडियम तथा आइरनले भरिएको ल्वाङको तेल दातको दुखाइ हटाउन एकदम प्रभावकारी मानिन्छ । तर, ल्वाङ चिया पनि यसका लागि लाभदायक हुन सक्छ । यसबाहेक, ल्वाङ चियाको सेवन कफ र घाँटीका समस्या, पिनासका लागि पनि फाइदाजनक हुन्छ । ल्वाङ चिया पिउनाले हरेक प्रकारको मौखिक समस्यामा लाभ पुग्ने हुन्छ ।

मुखमा रहेको ब्याक्टेरिया सफा गर्न मद्दत गर्ने हुँदा यसको नियमित सेवनले गिजा र दाँतसँग जोडिएको समस्या तथा सास गनाउने समस्या पनि हटाउँछ । साथै, घाँटी दुख्ने, घाँटी खासखास भएमा, खोकी वा चिसो लागेमा ल्वाङ चिया पिउनु फाइदाजनक हुन्छ । ज्वरोबाट पीडित भएका ल्वाङ चियाको सेवनले प्राकृतिक रूप शरीरको तापक्रम घटाएर ज्वरो निको पार्छ ।

शरीरको अङ्ग तथा मांसपेशीको दुखाइबाट छुटकारा पाउनका लागि पनि ल्वाङ चिया पिउन सकिन्छ । ल्वाङ चिया पाचन समस्यामा प्रभावकारी हुन्छ । यसको सेवनले पाचन प्रणालीलाई सक्रिय राखेर मेटाबोलिजमलाई छिटो बनाउँछ । जसकारण पेटसम्बन्धी समस्या कम हुनुका साथै तौल घटाउन पनि ल्वाङको चिया फाइदाजनक हुन्छ ।

ल्वाङ चिया पिउनाले ब्याक्टेरियल सङ्क्रमण हटाउने हुँदा यसले शरीरको प्रतिरक्षा शक्तिलाई पनि बढाउन मद्दत गर्छ । ल्वाङ चियाको सेवनले शरीरको विषाक्त पदार्थलाई हटाएर घाउलाई छिटो निको पार्ने, छालाको समस्या हटाउने तथा फङ्गल सङ्क्रमण हुन नदिने वा भएमा छिटो निको पार्न मद्दत गर्छ ।

ल्वाङ चियाको सेवनले तनाब पनि कम गर्न सक्छ । ल्वाङको चिया बनाउन एकदम सजिलो हुन्छ । एक कप पानीमा एउटा ल्वाङ राखेर केही मिनेट उमाल्दा ल्वाङ चिया तयार हुन्छ । यसमा मिठासका लागि मह पनि मिसाएर पिउन सकिन्छ । चियाको लत लागेका र हटाउन कोसिस गरिरहेका मानिसका लागि ल्वाङ चिया उत्तम विकल्प हुन सक्छ ।

jackson ribon