birat ribon

यसकारण माइग्रेन हुँदा टाउको दुख्छ

Neuro
यसकारण माइग्रेन हुँदा टाउको दुख्छ

विराटनगर/माइग्रेनले निम्त्याएको टाउको दुखाइले पीडितलाई निस्क्रिय र अल्छी बनाउँछ ।

Padelux insider
cura insider

प्रायःजसो दुखाइ चार घण्टादेखि ७२ घण्टासम्म रहन्छ, भने कहिलेकाहीँ यो लामो समयसम्म रहन सक्छ । माइग्रेन हुँदा टाउको दुखाइका साथसाथै हात र खुट्टा झमझम हुने, वाकवाकी आउने, बान्ता हुने र प्रकाश र आवाजप्रति बढी संवेदनशीलता हुने, आँखा धमिलो हुने जस्ता सङ्केत देखाउन सक्छ । माइग्रेनको बिरामीले भविष्यमा हुने माइग्रेनको आक्रमणबाट बच्नका लागि के कारण समस्या बढ्न सक्छ भनेर पहिचान गर्नु धेरै महत्वपूर्ण हुन्छ ।

लामो समयसम्म केही नखाई बस्नु ग्यास्ट्रिक तथा माइग्रेनको कारण बन्न सक्छ । त्यस्तै, लामो अवधिसम्म र अत्यधिक काम गर्ने तनाव, खाने र सुत्ने बानीमा परिवर्तन ल्याउँछ जुन माइग्रेनको प्रमुख कारण हुन् । धेरै काम गर्ने तथा अत्यधिक तनाब लिने मानिस अन्यको तुलनामा धेरै माइग्रेनको समस्याबाट पीडित हुने गर्छन् ।

सूर्यको ताप तथा धेरै समय तातो घाममा हिँड्नाले माइग्रेनको समस्याले केही चाँडो असर गर्छ । यसबाहेक, ब्यारोमेट्रिक प्रेसर, उच्च तापक्रम र उच्च आर्द्रतालगायत मौसममा परिवर्तन हुँदा पनि माइग्रेनको समस्या हुन्छ । क्याफिनको लत लागेका व्यक्तिले एकैपटक लत त्यागेमा माइग्रेनको आक्रमणको सिकार हुन्छन् । त्यसैले क्याफिनको लत छुटाउन खोज्नेले एकै पटक नभएर बिस्तारै बिस्तारै सेवन घटाउँदै लानुपर्ने सधैँ सल्लाह दिइन्छ ।

लामो समयका लागि चर्को आवाजमा गीत सुन्नु माइग्रेनको आक्रमणको एक प्रमुख कारण हो । उच्च डेसिबलले कडा प्रकारको दुखाइ हुन सक्छ जुन करिब ७२ घण्टा वा सोभन्दा बढीसम्म रहन्छ । चिनी तथा मैदाबाट बनेको वा शरीरमा चिनीको मात्रा बढाउने खानाको उच्च सेवनले पनि माइग्रेन निम्त्याउन सक्छ । शरीरले अतिरिक्त इन्सुलिन उत्पादन गर्न थाल्छ र रगतमा चिनीको स्तर धेरै कम हुँदै जान्छ ।

रगतमा चिनीको वृद्धि र घट्ने क्रमले गम्भीर टाउको दुखाइ निम्त्याउँछ । दिनमा ९ घण्टाभन्दा बढी निदाउने मानिसमा पनि माइग्रेन निम्तिन सक्छ । काम गर्ने मानिस हप्ताभरि कम र हप्ताको अन्तमा धेरै सुत्ने गर्छन् । शरीरलाई हरेक दिन केही घण्टा निन्द्राको बानी भइरहेको बेला अचानक सुत्ने समयमा वृद्धिले दिनचर्यालाई विचलित गर्छ । र, थकान, शरीर दुख्ने र गम्भीर टाउको दुख्ने हुन्छ ।

jackson ribon