birat ribon

भन्सार छलीका डिजल र कुखुरा बरामद

Neuro
भन्सार छलीका डिजल र कुखुरा बरामद

विराटनगर/मोरङ प्रहरीले मङ्गलबार विराटनगरका भिन्नभिन्न स्थानबाट भन्सारी छली गरी भारत लैजाँदै गरेको डिजल र नेपाल भित्र्याइएको ब्रोइलर कुखुरा बरामद गरेको छ ।

Padelux insider
cura insider

विराटनगर–११ स्थित केसलिया सडकखण्डमा नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा अन्दाजी ११ सय लिटर डिजल बरामद गरिएको प्रहरीले जनाएको छ । बिलविनाको डिजल सिटीसफारी र मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सफारीचालक र मोटरसाइकल चालक दुई जना पक्राउ परेका छन् । तीन जना मोटरसाइकल चालक भने फरार भएका छन् ।

त्यसैगरी, विराटनगर–१६ भट्टीमोडमा मङ्गलबार साँझा भारतबाट अवैधरुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका ७२ वटा ब्रोइलर कुखुरासमेत प्रहरीले बरामद गरेको छ । चारवटा साइकलमा भारतबाट ब्रोइलर कुखुरा ल्याउने चार जनालाई उनीहरुले प्रयोग गरेको साइकलसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

jackson ribon