birat ribon

प्रदेश १ को हिउँदे अधिवेशन आजबाट : मुख्यमन्त्रीको विवाहपछि मात्रै अविश्वास प्रस्तावमा छलफल

Neuro
प्रदेश १ को हिउँदे अधिवेशन आजबाट : मुख्यमन्त्रीको विवाहपछि मात्रै अविश्वास प्रस्तावमा छलफल

विराटनगर/प्रदेश १ को सातौँ हिउँदे अधिवेशन आजबाट सुरु हँुदैछ । प्रदेश सरकारले बुधबार दिउँसो २ बजेलाई बैठक बोलाएको छ ।

Padelux insider
cura insider

नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावको छिनोफानो यहीँ अधिवेशनबाट हुनेछ ।

बुधबारबाट अधिवेशन सुरु भए पनि अविश्वासको प्रस्तावमाथिको छलफल भने मुख्यमन्त्री शेरधन राईको विवाहपछि मात्रै गर्ने दलहरुले बताएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह माघ ११ गते काठमाडौँमा हुँदैछ । विवाह यही समयमा जुरेकाले अविश्वासको प्रस्तावमाथि छलफल गर्न विहेपछि दोस्रो बैठक बोलाउन प्रस्ताव गर्ने नेकपाका दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको तयारी छ ।

यद्दपि बैठक बोलाउने अधिकार भने प्रदेश सभामुखलाई छ । सभामुखले बुधबार संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठकमा दुवै समूहले विवाहपछि नै बैठक बोलाउन प्रस्ताव गर्ने तयारीमा छन् । मुख्यमन्त्रीको विवाहपछि दोस्रो बैठक बोलाउन आफूले प्रस्ताव गर्ने नेपका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘असहमति राजनीतिक मुद्दामा हो, व्यक्तिगत विषयमा कसैको छैन,’ उनले भने, ‘मुख्यमन्त्रीको विवाहपछि १४–१५ गते बैठक बोलाउन प्रस्ताव गर्छाैं ।’

प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राई पनि मुख्यमन्त्रीको विवाहपछि नै अविश्वासको प्रस्तावमाथि छलफल हुने बताए ।

मुख्यमन्त्रीको विवाहपछि नै अविश्वासको प्रस्तावमाथि छलफल गर्नेगरी बैठक बोलाउन प्रस्ताव गर्ने नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए । ‘मुख्यमन्त्रीको विवाहपछि बैठक बोलाउन उपयक्त हुन्छ ,’ उनले भने, ‘विवाहसम्म हामी बैठक रोक्न प्रस्ताव गर्छाैं ।’

बिहीबार प्रतिनिधिसभा विघटनको विरुद्धमा वडास्तरमा नेपाली काङ्ग्रेसले विरोध कार्यक्रम गर्दैछ । ९ गते नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमा आन्दोलन गर्दैछ । ११ गते मुख्यमन्त्रीको विवाह भएकाले दोस्रो बैठक एक सातापछि बोलाउने सम्भावना छ ।

jackson ribon