birat ribon

घरदैलो अभियानमा इनरुवाकी उपमेयर

Neuro
घरदैलो अभियानमा इनरुवाकी उपमेयर

इनरुवा/इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलले महिलाको पीडा बुझ्न घरदैलो कार्यक्रमको थालनी गरेकी छिन् । इनरुवा नगरपालिका वडा नम्बर–२ को पण्डित टोलका महिलाहरुको पीडा, समस्या वा राय संकलन गर्नका लागि घरदैलो कार्यक्रम गरेकी हुन् ।

Padelux insider
cura insider

मङ्गलबार इनरुवा–२ का महिला, बालबालिका, युवालगायतको पीडा बुझ्न उपमेयर पोखरेलले आफैँ घरघरमा पुगिन् ।

पोखरेलले रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी र सीपका बारेमा सो वडाका महिलाहरुसँग छलफल गरेकी छिन् । पोखरेलले वडामा महिलाको अवस्थाको बारेमा पनि जानकारी लिँदै उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

पुरुषहरुमात्रै योजना र बजेटमा सीमित रहेका बेला महिलाहरुले पनि नेतृत्व गर्न सक्ने क्षमता बनाउन आवश्यक रहेको उनले बताइन् । महिलाहरुलाई घरभित्रै काम लगाउने र योजना तथा बजेटका बारेमा थाहा नभएकाले आफू महिलाहरुको अवस्थाका बारेमा उनीहरुको घरघरमा गई सम्पर्क गर्न थालेको उनको भनाइ छ ।

वडाका महिलाहरुले माटोको भाडाँकुँडा बनाएर बजारमा बिक्रीवितरण गर्ने गरेको भए पनि उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि कुनै ठोस योजना अहिलेसम्म नआउँदा काम गर्न समस्या भएको उनले बताइन् ।

इनरुवा–२ का पण्डित अर्थात् कुम्भकार जातिका मानिसले माटोका भाडाँकुँडा बनाएर जीविकोपार्जन गरिरहेका छन् । सो वडाकी एक महिलाले आफूहरुले माटोको भाँडाकुँडा बनाएर बजारमा बिक्री गरे पनि अझ यो पेशालाई प्रभावकारी बनाउन वडा कार्यालयबाट कुनै किसिमको सीपयुक्त तालिम र आत्मनिर्भर बनाउनका लागि कुनै कार्यक्रम नआएको उपमेयरसमक्ष गुनासो गरिन् ।

उपमेयरले गुनासो सुन्दै पण्डित समुदायका महिलाहरु एकजुट भई वडा र नगरपालिकामा योजना लिएर आए आफूले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । समूह निर्माण गरेर नगरपालिकामा आउन अनुरोध गर्दै आत्मनिर्भर बनाउन र यो पेसालाई थप प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने उपमेयर पोखरेलले आश्वासन दिइन् ।

jackson ribon