birat ribon

प्रदेश १ को सातौं संसद अधिवेशन आज

Neuro
प्रदेश १ को सातौं संसद अधिवेशन आज

विराटनगर । प्रदेश १ को सातौं संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदै छ । सत्तारुढ नेकपा विभाजनपछि बैठक हुन लागेको हो । प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको छ ।

Padelux insider
cura insider

सरकारको नेतृत्व गरिरहेको नेकपा दुई समूहमा विभाजित भएपछि सुुरु हुन लागेको संसद बैठक मुठभेड तर्फ अग्रसर भएको देखिएको छ । नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको अवस्थामा सुरु हुन लागेको अधिवेशनले अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानुपर्ने कानुनी बाध्यताको सामना गर्दै छ । प्रमुख प्रतिपक्षी कांग्रेसलाई साथमा लिएर सरकार ढाल्न दाहाल–नेपाल समूहलाई चुनौती छ । आफ्नो सरकारलाई निरन्तरता दिनका लागि कांग्रेसको चित्त बुझाउन मुख्यमन्त्री राईलाई पनि चुनौती छ ।

नेकपा मुडभेड तर्फ
संसदीय दलमा छलफल नै नगरि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएकोभन्दै नेकपा ओली समूह चिडिएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई निलम्बन गर्ने ओली समूहले निर्णय थियो । पुस १६ गते १५ जना र पुस १७ गते एक जनालाई निलम्बन गरिएको थियो ।

निलम्बन गरेका सांसदलाई प्रदेशसभा प्रवेशमा रोक लगाउने तयारी ओली समूहको छ । निलम्बन गरिएका सांसद बैठकमा प्रवेश गरे संसद बैठक अघि नबढ्ने ओली समूहको दाबी छ । ओली समूहले गरेको कारवाही नियम संगत नभएको दाहाल–नेपाल समूहले बताएको छ । उक्त समूहले पनि मुख्यमन्त्री राईसहितलाई कारवाही गरिसकेको छ । सभामुखले दुवै समूहले गरेको कारबाही नियम संगत नभएको बताएको दाहाल–नेपाल समूहका सांसद राजेन्द्र राईले बताए । संसद बैठकमा बलजफ्ती गरिए दुर्भाग्यपूर्ण हुने उनले बताए । राईले भने,‘ आशा गरौं त्यसो नहोला ।’

हाल प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य मध्ये नेकपाका ६७ जना रहेका छन् । जसमा ३२ जना प्रचण्ड र नेपाल पक्षमा रहेका छन् । उनीहरुले मंगलबार विराटनगरको होटल एशियाटिकमा संसदीय दलको बैठकको आयोजना गरेका थिए । यसअघि, मुख्यमन्त्री राईविरुद्ध गत पुष १२ गते अविश्वासको प्रस्ताव दर्ता गराउँदा ३७ जनाको हस्ताक्षर रहेकोमा हाल पाँच जना प्रदेश सभासदस्यले आफ्नो अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

कांग्रेसलाई निर्णय गर्न सकस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारमा सहभागि हुने÷नहुने विषयमा निर्णय गर्न सकेको छैन । नेकपा कानुनी रुपमा विभाजित नहुँदा निर्णय गर्न समस्या परेको कांग्रेसले बताउँदै आएको छ । अविश्वास प्रस्तावमा कांग्रेस तटस्थ बस्न नसक्ने बताउँदै आएको कांग्रेस मुख्यमन्त्री आफनै दलले लिएर नेकपासँग सहकार्य गर्ने रणनीतिमा छ ।

सरकारमा सहभागिताबारे औपचारिक निर्णय नभएको प्रमुख सचेतक केदार कार्कीले बताए । प्रमुख सचेतक कार्कीले अविश्वास प्रस्तावमा काँग्रेस तटस्थ नवस्ने बताएका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘ अन्य राजनीतिक सहमति नहुँदा सम्म काँग्रेस तटस्थ नबस्ने, बस्नु हुँदैन ।’

jackson ribon