birat ribon

आज ह्वाइट हाउसमा जो बाइडेनको प्रवेश, ट्रम्प बिदा हुँदै

Neuro
आज ह्वाइट हाउसमा जो बाइडेनको प्रवेश, ट्रम्प बिदा हुँदै

विराटनगर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बुधबार (आज) शपथ लिँदैछन् । उनले ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिन लागेका हुन् ।

Padelux insider
cura insider

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विदा गर्दै ह्वाइट हाउसले नयाँ राष्ट्रपतिका रुपमा बाइडेनलाई भित्राउन लागेको हो । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ ।

अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ । बाइडेनको शपथ ग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिनेछन् ।

बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ।

शपथ ग्रहणपछिको सलामीपछि बाइडेनले समारोहलाई सम्बोधन गर्ने बताइएको छ। शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहने बताइएको छ ।

नोभेम्मबर २०, सन् १९४२ मा जन्मिएका जो बाइडेनको पूरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हो । उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए । बाइडेनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

आज ७८ पर्षिय बाइडेनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिन लागेका हुन् । गत नोभेम्बर ३ भएको निर्वाचनमा पराजित बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूबाट नतिजा खोसिएको प्रमाणविहीन आरोप लगाएर हारलाई अस्वीकार गरिरहेका थिए । उनले आफ्नो पक्षमा नतिजा पार्नकालागि विभिन्न अदालतमा हालेको मुद्दा खारेज भइसकेको छ । उनी बाइडेनको सपथमा सहभागी नहुने भएका छन् ।

ट्रम्पको अन्तिम सम्बोधन

आजदेखि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकाको सत्ता सम्हाल्ने भएपछि अहिलेसम्मका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बाट अन्तिम सम्बोधन गरेका छन्।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने धारणा राखेका छन्। उनले हामी यहाँ जे गर्न भनेर आएका थियौं हामीले त्यो गर्‍यौं र अझ धेरै गर्छौ भनेर सम्बोधन गरेका छन् । सबभन्दा मुख्य कुरा अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनर्स्थापित गरेको उनको दाबी छ ।

घरेलु नीतिबारे एजेन्डा दक्षिणपन्थी वा वामपन्थी नभएको र त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि नभएको उनले स्पष्ट पारेका छन् बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही गरेको उनको भनाइ छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प

विदेश नीतिबारे सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गरेको उनको भनाइ छ । बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौताहरू गर्न सकेको तथा कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित भएको उनले बताए ।

क्यापिटल दंगाबारे राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा गौरव गर्ने सबै चिजमाथिको आक्रमण भएको उनले बताए । त्यसलाई कहिल्यै स्वीकार गर्न । नसकिने पनि उनले स्पष्ट पारेका छन् ।

आफ्नो विरासतबारे जब बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदै गर्दा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु भएको महसुुस गरेको उनले बताए ।

jackson ribon