birat ribon

महिला लिग आजबाट : उद्घाटन खेलमा आर्मी र पुलिस भिड्दै

Neuro
महिला लिग आजबाट : उद्घाटन खेलमा आर्मी र पुलिस भिड्दै

विराटनगर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रङ्गशालामा अपरान्ह २ बजे सुरु हुनेछ ।

Padelux insider
cura insider

एन्फाले निकालेको पहिलो चरणको खेल तालिकाअनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

एन्फाका अनुसार आजदेखि सुरु हुने लिग सात फागुनसम्म चल्नेछ । प्रतियोगितामा सात टिमको सहभागिता रहने पनि जनाइएको छ । प्रतियोगितामा कुल ४२ खेल हुनेछन् ।

तीन वटा विभागीय टिम र चार वटा नगरस्तरीय टिमले यो लिग खेल्ने एन्फाले जनाएको छ । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफ, चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकाले महिला राष्ट्रिय लिग खेल्नेछन् ।

डबल राउन्ड रोविन लिगमा प्रतियोगिता सञ्चालन हुनेछ । यो वर्षबाट नै विभागीय टिमबाहेकका अरू ४ क्लबले ४ जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् ।

यस पटक महिला लिगको पुरस्कार राशी बढाइने जनाइएको छ । यो पटक महिला लिगको विजेताले १५ लाखपाउने छन् । दशरथ रङ्गशाला तथा सातदोबाटो, एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने लिग डबल राउन्ड रोविन फर्म्याटका आधारमा हुनेछ ।

jackson ribon