birat ribon

डर्टमुण्डलाई हराउँदै लिभरकुसेन दोस्रो स्थानमा

Neuro
डर्टमुण्डलाई हराउँदै लिभरकुसेन दोस्रो स्थानमा

विराटनगर । जर्मन बुन्डेसलिगामा बायर लिभरकुसेनले बोरुसिया डर्टमुण्डलाई हराएको छ । मङ्गलबार राति लिभरकुसेनले डर्टमुण्डमाथि २–१ गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

घरेलु मैदानमा लिभरकुसेनलाई जिताउन मौसा डायबी र फ्लोरियन विर्ट्जले समान एक–एक गोल गरे । डर्टमुण्डका जुलियन ब्रान्ड्टले एक गोल गरे ।

खेलको १४औं मिनेटमा डायबीले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६७औं मिनेटमा ब्रान्ड्टले गोल गर्दै डर्टमुण्डलाई खेलमा फर्काए ।

८०औं मिनेटमा विर्ट्जले गोल गरेपछि लिभरकुसेन विजयी भयो ।

जितसँगै लिभरकुसेन १७ खेलमा ३२ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लियो । पराजित डर्टमुण्ड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

jackson ribon