विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा लेइस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । मङ्गलबार राति चेल्सीमाथि २–० गोलका जित निकाल्दै लेइस्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा लेइस्टरलाई जिताउन विल्फ्रेड नदिदी र जेम्स मेड्डीसनले समान एक–एक गोल गरे । छैटौं मिनेटमा विल्फ्रेडले गोल गर्दै लेइस्टरलाई अग्रता दिलाएका थिए ।
४१औं मिनेटमा मेड्डिसनले गोल गर्दै लेइस्टरलाई जिताए ।
जितसँगै लेइस्टर १९ खेलमा ३८ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो । चेल्सी भने २९ अङ्कका साथ आठौं स्थानमा छ ।