birat ribon

संसद् विघटनपछि ओली कामचलाउन प्रधानमन्त्री बन्न पुगे : नेपाल

Neuro
संसद् विघटनपछि ओली कामचलाउन प्रधानमन्त्री बन्न पुगे : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् ।

Padelux insider
cura insider

मङ्गलबार आफू निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताए । नेपालले आफू प्रचण्डको कार्यकर्ता भनी ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभई आफू भएको जिकिर गरे ।

एकीकरणपछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युँतिने बताए । अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संविधानलगायतका राजनीतिक परिवर्तनहरू सङ्कटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।

jackson ribon