birat ribon

मेस्सीलाई दुई खेलमा प्रतिबन्ध

Neuro
मेस्सीलाई दुई खेलमा प्रतिबन्ध

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड पाएका अर्जेन्टिनी स्टार मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लागेको हो ।

Padelux insider
cura insider

बार्सिलोना आइतबार राति भएको सुपर कपको फाइनल खेलमा एथ्लेटिकसँग ३–२ गोलले पराजित भएको थियो । सो खेलको अन्तिम मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रातो कार्ड पाएका थिए ।

मेस्सीले बार्सिलोनाको सिनियर टोलीका लागि खेल्नेक्रममा पहिलोपल्ट रातो कार्ड पाएका हुन् । मेस्सीको करिअरको भने यो चौथो रेड कार्ड हो । एथ्लेटिकका भिलालिब्रेलाई खेलमा लडाएका कारण रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड दिँदै मेस्सीलाई मैदानबाहिर पठाएका थिए ।

अनुच्छेद ५६.८ का को नियमानुसार फाइनल खेलका क्रममा कुनै पनि खेलाडीले अभद्र व्यवहार गरेको खण्डमा उसले घरेलु प्रतियोगिताका केही खेलमा प्रतिबन्ध ब्यहोर्नुपर्नेछ । अघिल्लो संस्करणको फाइनल खेलमा रियल मड्रिडका खेलाडी फेडे भाल्भेर्डेलाई प्रतिबन्ध लगाइएको थियो । सोही नीतिअनुसार मेस्सीलाई प्रतिबन्ध लगाइएको हो ।

अब मेस्सीले कोपा डेल रेअन्तर्गत कोर्नेलासँगको खेल र ला लिगाअन्तर्गत इल्चेविरुद्धको खेल गुमाउनेछन् । यता, बार्सिलोनाले भने मेस्सीमाथि लागेकाे प्रतिबन्धका विषयमा अपील गर्ने भएकाे छ ।

मेस्सीलाई रेड कार्ड दिएका रेफ्री, जसले नेयमार र स्वारेजलाई पनि मैदानबाहिर पठाएका थिए

jackson ribon