birat ribon

कोरोनामुक्त भएको छ महिनापछि पनि कुनै एक लक्षण देखिने

Neuro
कोरोनामुक्त भएको छ महिनापछि पनि कुनै एक लक्षण देखिने

विराटनगर । कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएकाले छ महिनापछि समेत विभिन्न लक्षण अनुभव गर्ने देखिएको छ । द ल्यान्सेट नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका ७६ प्रतिशत मानिसमा निको भएको छ महिनापछि समेत पनि कम्तीमा कुनै एक लक्षण रहेको पाइएको थियो ।

Padelux insider
cura insider

अनुसन्धानको क्रममा चीनको वुहानमा एक हजार सात सय बढी भाइरसबाट सङ्क्रमितलाई जुनदेखि सेप्टेम्बरसम्म उनीहरूको रिकभरी ट्र्याक गर्न अवलोकन गरिएको थियो । अध्ययनको नतिजाअनुसार ७६ प्रतिशत सहभागीले कोभिड रोगको उपचारबाट निको भएको छ महिनापछि पनि केही सुस्त लक्षणहरू अनुभव गरिरहेका थिए ।

थकान, ज्वरो, सुक्खा खोकी, थाकान, सास फेर्न गाह्रो हुने, गन्ध तथा स्वाद हराउने कोभिडका समान्य लक्षण हुन् । तर, अध्ययनमा भाग लिएकामध्ये ६३ प्रतिशत व्यक्तिले थकान, मांसपेशी दुख्ने समस्या देखिनुका साथै, प्रायः चिन्ता, डिप्रेसन, पीडा र निन्द्रामा समस्या हुने लक्षण देखा परेको बताएका थिए ।

कोभिडको सङ्क्रमणबाट गम्भीर भएका व्यक्तिमा लामो समयसम्म पनि श्वासप्रश्वाससम्बन्धी समस्या तथा उनीहरूको मृगौलामा पनि क्षति भएको पाइएको थियो । दीर्घ कोभिडको लक्षणले जुनसुकै वा सबै उमेर समूहका मानिसलाई देखिन सक्छ । वृद्ध व्यक्ति, दीर्घरोगी अन्यको तुलनामा थप संवेदनशील हुन सक्छन् । तर, कोभिडको दीर्घकालीन प्रभावले युवा पुस्तालाई पनि असर गरेको छ ।

jackson ribon