birat ribon

प्रचण्ड–माधव समूहले भन्यो ‘काङ्ग्रेसलाई नेतृत्व दिन सक्छौँ’, काङ्ग्रेस भन्छ– ‘हाम्रो मुद्दा मिल्छ’

Neuro
प्रचण्ड–माधव समूहले भन्यो ‘काङ्ग्रेसलाई नेतृत्व दिन सक्छौँ’, काङ्ग्रेस भन्छ– ‘हाम्रो मुद्दा मिल्छ’

विराटनगर । प्रदेश १ मा प्रचण्ड–माधव समूहले नेपाली काङ्ग्रेसलाई सरकारको नेतृत्व दिन सकिने बताएको छ । ३३ जना प्रदेशसभा सदस्यको उपस्थितिमा मङ्गलबार संसदीय दलको बैठक राखेको प्रचण्ड–माधव समूहले नेपाली काङ्ग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएको हो । यसरी अघि बढ्दा काङग्रेसलाई नेतृत्व दिन सकिने बताएको छ ।

Padelux insider
cura insider

प्रदेश सांसद् राजेन्द्र राई आवश्यक परेको अवस्थामा आफूहरू मुख्यमन्त्री पद छाड्न पनि तयार रहेको बताए । दुवै समूह नेपाली काङ्ग्रेसविना अघि बढ्न नसक्ने बताउँदै उनले मुख्यमन्त्री पद छाड्न सक्ने बताएका हुन् । उनले छलफलका लागि सबै विकल्पमा खुला रहेको उनले बताए ।

काङ्ग्रेस भन्छ : मुद्दा मिल्छ तर कम्युनिस्ट हुन्

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रचण्ड–माधव समूहसँग राजनीतिक मुद्दा मिल्ने बताएका छन् । मङ्गलबारको संसदीय दलको बैठकपछि उनले राजनीतिक मुद्दा मिल्ने बताएका हुन् । उनले छलफलका लागि सबै अप्सन खुला रहेको बताए ।

‘मैले पहिलेदेखि नै भनिरहेको छु संसद् विघटनमा समग्र कम्युनिस्ट पार्टी नै दोषी हो । तर प्रचण्ड–माधव समूह आन्दोलनमा छन् । नेपाली काङ्ग्रेस पनि आन्दोलनमा छ । आन्दोलनमा भएकाले मुद्दा मिल्यो संसद् पुनर्स्थापनाको,’ उनले भने, ‘तर संसद् विघटन हुनमा हाम्रो दलले समग्र कम्युनिस्ट पार्टीलाई दोषी मान्छ । यो समूहसँग मिल्ने भनेर झट्टै निर्णय हुन सक्दैन ।’

jackson ribon