birat ribon

संसद् विघटन गरी राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुआत भयो : प्रचण्ड

Neuro
संसद् विघटन गरी राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुआत भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुनर्स्थापित गर्ने प्रक्रियाको सुरुआत भएको बताएका छन् ।

Padelux insider
cura insider

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी राजतन्त्रलाई पुनर्स्थापित गर्ने तथा देशलाई निरङ्कुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुआत गरेको बताएका हुन् । उनले यस कदमलाई हरमूल्यमा रोक्नेसमेत बताए ।

अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाएपनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताए । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उनको टिप्पणी छ ।

jackson ribon