birat ribon

पदाधिकारी मनोनयन व्यवस्था खारेज, वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट

Neuro
पदाधिकारी मनोनयन व्यवस्था खारेज, वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मङ्गलबार सम्पन्न एन्फाको १९औं साधारणसभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो ।

Padelux insider
cura insider

यसअघिको व्यवस्थाअनुसार केही कार्यसमितिले परिस्थितिअनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो । साधारणसभाले १७ सदस्यीय कार्यसमितिलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णयसमेत गरेको छ ।

एन्फाका प्रवत्ता किरण राईले आगामी साधारणसभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए । निर्वाचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य गरिएको छ ।

फिफाको गाइडलाइनअनुसार एन्फाले मनोनितको कोटालाई बन्देज लगाउँदै सबै कार्यसमिति निर्वाचनमार्फत चुनिने ब्यवस्था गरेको हो ।

jackson ribon