birat ribon

प्रदेशको हिउँदे अधिवेशन : दलको नेताको हैसियतमा मुख्यमन्त्रीलाई बोल्न नदिने प्रचण्ड–माधव समूहको तयारी

Neuro
प्रदेशको हिउँदे अधिवेशन : दलको नेताको हैसियतमा मुख्यमन्त्रीलाई बोल्न नदिने प्रचण्ड–माधव समूहको तयारी

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबारबाट सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतामा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ ।

मङ्गगलबार होटल एसियाटिकमा बसेको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले दलको नेताको हैसियतमा बोल्न नदिने निर्णय गरेको हो । ‘बहुमत सदस्यले उहाँलाई दलको नेताबाट हटाएका कारण दलको नेताको हैसियतमा बोल्न पाउनुहुन्न,’ प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘बोल्न खोजे हामी प्रतिवाद गर्छाैँ ।’ अविश्वासको प्रस्ताव दर्ता भएपछि बहुमत सदस्यले निर्णय गरेको बताउँदै उनले दलको नेताको हैसियतमा भीम आचार्यले बोल्न पाउनुपर्ने बताए ।

cura insider

मङ्गलबार बसेको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको प्रस्तावलाई पास गराउन सबै प्रतिपक्षीदलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने निर्णय गरेको उनले बताए । ‘संसद् विघटनविरुद्ध रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने ।

निलम्बनमा परेका सदस्यलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने ओली समूहले बताउँदै आएको छ । आफ्ना सांसद्लाई अवरोध गर्न खोजिए सङ्गठित रूपमा प्रतिवाद गर्ने उनले बताए ।

jackson ribon