birat ribon

प्रदेशमा केन्द्रको निर्णय पर्खँदै काङ्ग्रेस, सहकार्यका लागि नेकपाका दुवै समूहको प्रस्ताव

Neuro
प्रदेशमा केन्द्रको निर्णय पर्खँदै काङ्ग्रेस, सहकार्यका लागि नेकपाका दुवै समूहको प्रस्ताव

विराटनगर । पार्टीको केन्द्रले निर्णय नगर्दा नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलभित्र नेकपाको कुन समूहसँग मिल्ने भन्नेमा अन्योल देखिएको छ ।

cura insider

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तारुढ दलकै सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावको छलफलका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । बैठकको अघिल्लो दिनसम्म नेपाली काङ्ग्रेस अन्योलमा देखिएको हो ।

प्रदेश १ मा नेकपाका दुवै समूहले काङ्ग्रेसलाई सहकार्यको प्रस्ताव गरेका छन् । २१ जना प्रदेशसभा सदस्य रहेको नेपाली काङ्ग्रेसमा अविश्वासको प्रस्तावमा उभिने कि विपक्षमा भन्ने दुई धार छ ।

मङ्गलबार सोही विषयमा छलफलका लागि बैठक बसेको थियो । बैठक विनानिष्कर्ष टुङ्गिएको नेपाली काङ्ग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

उनले केन्द्रले निर्णय गरेपछि निर्णयक छलफल हुने बताए । हतारिएर निर्णयमा पुग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘अविश्वासको प्रस्तावको एउटा प्रोसेस हुन्छ,’ उनले भने, ‘संसदमा टेबल भएपछि थप छलफल गर्छाैँ ।’

सरकारलाई सहयोग गर्नपनि काङ्ग्रेसलाई गाह्रो भएको उनले बताए । ‘एकतातर्फ हामी आन्दोलन गरिरहेका छौँ, आन्दोलनलाई वडासम्म लिएर जाँदैछौँ,’ उनले भने, ‘नेपाली काङ्ग्रेसको दोहोरो चरित्र नदेखियोस् भन्ने छ ।’

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस भएकाले विस्तारै निर्णयमा पुगिने बताए । नेपाली काङ्ग्रेस तटस्थ नबस्ने बताउँदै उनले कुनै एउटा समूहसँग सहकार्य हुने बताए ।

मङ्गलबार बसेको बैठकले कुन समूहसँग सहकार्य गर्ने भन्ने विषयमा निष्कर्षमा नपुगेको उनले बताए । ‘बैठकमा सांसद्हरूले आफ्ना कुराहरू राख्नुभएको छ । समग्र विषयमा छलफल भयो,’ उनले भने, ‘प्रपिक्षले ल्याउनुपर्ने प्रस्ताव सत्ता पक्षले नै ल्याएका छन् । संसदमा टेबल भएपछि छलफल गर्छाैँ ।’

नेकपा सांसद् राजेन्द्र राई प्रदेशमा नेपाली काङ्ग्रेस निर्णायक भएको बताउँछन् । काङ्ग्रेस निर्णयक भएकाले सहकार्यका लागि प्रस्ताव गरिएको उनले बताए ।

jackson ribon