birat ribon

दुहवीमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, १० घाइते

Neuro
दुहवीमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, १० घाइते

विराटनगर । सुनसरीको दुहवीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुहवी नगरपालिकिा– १० स्थीत दुहवी– ईनरुवा सडक खण्डमा माइक्रोबस र मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

Padelux insider
cura insider

दुहवीबटा ईनरुवा तर्फ जाँदै गरेको प्र १–०२–००१ज ३८६८ नम्बरको माईक्रो र विपरित दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा एक जनाकाे घटना स्थलमा नै र २ जनाकाे उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरी ईनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजबिराज– १ बस्ने २२ वर्षीय शङ्कर यादवको मृत्यु भएको हो । अर्का मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा मोरङ बिराटनगर– १४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुरका ६० वर्षीय ईन्द्रकलादेवी सिंह, राजबिराज– ७ का १४ वर्षीय निरज यादव, ईनरुवा– ८ का ५२ वर्षीय चन्द्र मेहता, राजबिराज– ७ का ३८ वर्षीय सुरेश मण्डल, सुनसरी भोक्राहानर्सिङ– ३ का १९ वर्षीय प्रशान्त यादव, बराहा– १० का २३ वर्षीय भरत यादव, ईनरुवा– ८ का ५२ वषीय शान्ति मेहता, ईनरुवा– ३ का ३० वर्षीय मनोज अधिकारी र प्रशंसा सुबेदी घाइते भएका छन् । घाइतेकाे जीवनज्याेति मेडिकलमा उपचार भइरहेकाे छ ।

jackson ribon