birat ribon

बियरको अत्यधिक र नियमित सेवनले निम्तिन्छन् यी स्वास्थ्य समस्या

Neuro
बियरको अत्यधिक र नियमित सेवनले निम्तिन्छन् यी स्वास्थ्य समस्या

विराटनगर । अधिकांश मानिस रक्सीको मात्रा कम हुने हुँदा बियर पिउन रुचाउँछन् । बियरको सेवन गर्दा तनाव कम हुने, मृगौलाको पत्थरीको समस्या हट्नेलगायतका भ्रम छन् । तर, बियरको सेवनले फाइदा नभएर शरीरमा बेफाइदा गर्ने हुन्छ ।

Padelux insider
cura insider

यसमा रक्सीको केही मात्रा समावेश भएको हुन्छ, जसको अत्यधिक र नियमित सेवनले धेरै स्वास्थ्य समस्याका लागि ढोका खोलिदिन सक्छ । बियरमा रक्सीको मात्रा कम भएपनि क्यालोरीको मात्रा धेरै उच्च हुन्छ ।

एक पिन्ट बियरमा करिब एक सय ५० क्यालोरी हुन्छ र रक्सीको मात्रा वृद्धि हुँदा क्यालोरीको मात्रा पनि बढ्छ । सामान्यतया एक पटकमा एकभन्दा बढी बोतल बियर पिउने गर्छन्, जसले कुल क्यालोरी सेवन धेरै बनाउँछ ।

रक्सीमा भएको क्यालोरी खानेकुराबाट पाइने क्यालोरीभन्दा धेरै फरक हुन्छ । यस प्रकारको क्यालोरीहरू सीधा पेटको बीचमा गएर बस्छन्, जसकारण पेट बढ्दै जान्छ ।

पेटमा फ्याट बढ्नु सबैभन्दा खतरनाक र हटाउन निकै गाह्रो हुन्छ । अत्यधिक तथा दैनिक बियर पिउँदा मुटुको मांसपेशीलाई बिगार्न सक्छ, जसले स्ट्रोक, उच्च रक्तचाप, टाइप २ मधुमेह र एट्रियल फाइब्रिलेशनको उच्च जोखिमलाई बढाउन सक्छ । कहिलेकाँही पिउनेको तुलनामा हप्तामा दुई पटक बियर पिउनेमा जोखिम अझ बढी हुन्छ ।

बियर पिउँदा रक्तचाप स्तरमा अचानक उतार चढावको कारणले गर्दा यी समस्या उत्पन्न हुन्छ । अत्याधिक मात्रामा बियर पिउँदा उच्च रक्तचाप र मृगौला रोगको जोखिम हुन सक्छ । बियर पिएपछि पिसाबको मात्रा बढी हुने भएको कारणले यसले मृगौलामा अतिरिक्त तनाव राख्न सक्छ । साथै, यसले डिहाइड्रेसन निम्त्याउन सक्छ र शरीरको सन्तुलनलाई बिगार गर्न सक्छ ।

अत्यधिक बियरको सेवनले मृगौलामा पथरी, किड्नी फेल हुने, किड्नी ड्यामेज गराउने गर्छ । नियमित बियरको सेवनले शरीरमा केही भिटामिन र खनिजहरूको माग बढाउन सक्छ । जब यी मागहरू पूरा हुँदैनन्, यसले समग्र स्वास्थ्यमा समस्या पैदा गर्न थाल्छ । रक्सीलाई पचाउनका लागि, शरीरलाई भिटामिन ‘बि’ जस्तै थप पोषक चाहिन्छ ।

दैनिक खानाबाट पौष्टिक तत्त्व सजिलैसँग प्राप्त गर्न सकेपनि शरीरको आवश्यकता पूरा गर्न कडा परिश्रम गर्नुपर्छ । लामो समयसम्म शरीरमा भिटामिनको अभाव हुन सक्छ र यसले शरीरको आन्तरिक कार्यमा समेत गडबडी गराउन सक्छ । बियर पिउँदा व्यक्तिलाई निदाउन मद्दत गर्छ । तर, बियरले गर्दा लागेको निन्द्रा लामो समयसम्म रहँदैन ।

बियरको सेवन गरेपछि केवल ९० मिनेट जति मात्र निन्द्रा लाग्ने हुन्छ । जसले दिनभरि निन्द्रा लागिरहने, ध्यान एकाग्र गर्न नसकिने र थकान निम्त्याउँछ । वास्तवमा, रक्सीको सेवनले निद्रा र मुड दुवैलाई गडबड गर्छ । केही व्यक्तिमा अत्यधिक रक्सी सेवनले लामो समयसम्म अनिद्राको समस्या (इन्सोम्निया) बाट ग्रस्त हुन्छन् ।

jackson ribon