birat ribon

पिएम कप : लुम्बिनीको पहिलो जित

Neuro
पिएम कप : लुम्बिनीको पहिलो जित

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले पहिलो जित निकालेको छ । मङ्गलबार लुम्बिनीले प्रदेश २ लाई ७७ रनले हराएको हो ।

Padelux insider
cura insider

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा लुम्बिनीले प्रस्तुत गरेको दुई सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश २ एक सय ८० रनमा समेटिएको हो । योगफल पछ्याउने क्रममा एक सय पाँच रनमा मात्र तीन विकेट गुमाएको प्रदेश २ ले थप १९ रन जोड्न छ विकेट गुमाएपछि ऊ हार नजिक पुगेको थियो ।

अन्तिम विकेटका लागि विवेक यादवले दिब्याशुं मल्लिकसँग ५६ रनको साझेदारी गरे । यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन उनले गरेको प्रयास अपर्याप्यत हुन गयो ।

उनले मात्र ४९ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५१ रन बनाए । ओपनर सुधीर चौधरीले ४२ तथा हरिशंकर साहले २२ रन बनाए । मध्यक्रममा महबूब आलमले ३१ बलमा ३१ रन बनाउँदा यादवबाहेक मध्यक्रम र पुछारका अन्य ब्याट्सम्यानले दोहोरा योगफलसमेत छुन सकेनन् । प्रदेश २ ले खेल सकिन सात ओभर दुई बल बाँकी छँदै एक सय ८० मा सीमित हुन पुग्यो ।

लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक चार, विक्रम भूषाल र दिपेन्द्र रावतले समान दुई र कृष्ण कार्की, अमित तामाङले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिँदा सौरभले ५६ रन बनाए ।

यस्तै विक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे । प्रदेश–२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए ।

jackson ribon