birat ribon

नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोभिड खोप पहिला यी व्यक्तिलाई

Neuro
नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोभिड खोप पहिला यी व्यक्तिलाई

विराटनगर/अहिलेसम्म नेपाल सरकारले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

Padelux insider
cura insider

यससँगै नेपालमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप ल्याउने बाटो खुला भएको हो । आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको कोभिडविरुद्धको खोप उपलब्ध भएको दुईदेखि तीन सातामा खोप अभियान आरम्भ गर्न सकिने विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताएका छन् ।

नेपालले देशको कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् ६० लाख जनालाई पुग्ने गरी खोप किन्ने इच्छा व्यक्त गरेको छ । त्यसका नेपाली पक्षले सहोगको अपेक्षा गर्दै भारत सरकारलाई औपचारिक अनुरोध गरिसकेको छ । खोपविज्ञ उप्रेतीले खोप प्राप्त हुने परिमाणका आधारमा पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत व्यक्तिलाई खोप दिइने र त्यसपछि प्राथमिकताका आधारमा खोप वितरण हुने बताए ।

उनका अनुसार थोरै खोप पाएमा स्वास्थ्यकर्मीलाई मात्रै दिइने छ । अलि बढी पाएमा महिला स्वयम्सेवी र सुरक्षाकर्मीलाई पनि खोप प्रदान गरिने छ । त्यसपछि ७५ वर्षभन्दा माथिका वृद्धमा र खोपको मात्रा पुगेको खण्डमा ५५ वर्षभन्दा माथिकोलाई पनि खोप वितरण गरिने छ । त्यही भएर खोप प्राप्त हुने परिणामको आधारमा निर्णय हुने उनको भनाइ छ ।

अहिलेसम्म १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोभिशिल्ड खोप नदिइएको हुनाले नेपालमा पनि त्यसै गरिने डा. उप्रेतीले जानकारी दिएका छन् । त्यसबाहेक गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूलाई उक्त खोपको प्रभावकारिताबारे भइरहेका वैज्ञानिक अध्ययनको थप निष्कर्ष नआएसम्म खोप दिइनै छैन ।

कोभिडविरुद्धको खोप अभियान सञ्चालनको तयारीका लागि मङ्गलबारदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम सुरु हुने भएको छ । खोप सुरक्षित रूपमा राख्न सबै प्रदेश र केन्द्रमा एउटा गरी कुल आठवटा भण्डारण केन्द्र निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार सरकारी खोप अभियानअन्तर्गत अहिले देशभरि खोप लगाइदिने सीप भएका झन्डै आठ हजार जनाको जनशक्ति छ ।

jackson ribon