birat ribon

बायर्नका डिफेन्डर अलाबा भित्र्याउँदै रियल

Neuro
बायर्नका डिफेन्डर अलाबा भित्र्याउँदै रियल

विराटनगर । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन बायर्न म्युनिखका डिफेन्डर डेभिड अलाबा अनुबन्ध गर्ने भएको छ । स्पेनिस मिडिया मार्काका अनुसार अलाबा भित्र्याउने विषयमा रियल मड्रिड सम्झौता नजिक पुगेको छ ।

Padelux insider
cura insider

२८ वर्षीय अष्ट्रियन स्टार अलाबा लामो समयदेखि बायर्नबाट खेलिरहेका छन् । सन् २०११ मा होफेनहमबाट बायर्न आएका उनी र बायर्नबीचको सम्झौता ३० जुनमा सकिँदैछ । यसैलाई मौका छोपेर रियलले अलाबालाई बम्पर अफर गरेको मार्काले उल्लेख गरेको छ ।

खबरका अनुसार रियलले वार्षिक ११ मिलियन युरो दिनेगरी अलाबालाई अफर गरेको हो । अलाबा पनि रियल आउन सहमत देखिएको खबरमा दाबी गरिएको छ । सान्टियागो बर्नाबेउ आउने मनसायकै कारण अलाबाले रियलमा मेडिकल गरिसकेको जनाइएको छ ।

पछिल्लो समय उनलाई अनुबन्ध गर्नका लागि युरोपका ठूला क्लबहरू लागिपरेका छन् । इङ्ग्लिस क्लबत्रय म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीका साथै फ्रेन्च क्लब पिएसजी पनि अलाबा भित्र्याउने दौडमा छ ।

jackson ribon