birat ribon

कारोना महामारीले थप १२ लाख नेपाली गरिबीको रेखामुनि, १६ लाख बेरोजगार

Neuro
कारोना महामारीले थप १२ लाख नेपाली गरिबीको रेखामुनि, १६ लाख बेरोजगार

विराटनगर/कोरोना भाइरस महामारीका कारण नेपालमा बेरोजगार भएका तथा गरिबीको रेखामुनि पर्ने जनसङ्ख्यामा वृद्धि भएको छ ।

Padelux insider
cura insider

राष्ट्रिय योजना आयोगलेले गरेको कोभिड–१९ सम्बन्धी अध्ययन प्रतिवेदनमा कोरोना भाइरस महामारीका कारण नेपालको अर्थतन्त्र र मानव विकासमा निकै नकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ । आयोगले सोमबार आफ्नो वेबसाइटमा राखेको अध्ययन प्रतिवेदनअनुसार महामारीका कारण नेपालमा थप १२ लाख जनसङ्ख्या गरिबीको रेखामुनि पर्न गएको अनुमान छ ।

अघिल्लो वर्षसम्म नेपालमा कुल ५६ लाख गरिबीको रेखामुनिको जनसङ्ख्या रहेको थियो भने महामारीपछि त्यो सङ्ख्या बढेर ६८ लाख पुगेको हो । साथै, असारसम्ममा अनुमानित १६ लाख मानिसहरूले रोजगारी गुमाएर बेरोजगार भएको उक्त अध्ययनले देखाएको छ । महामारीका कारण वैदेसिक रोजागारीमा रहेका स्वदेश फर्किनु परेको तथा देशभित्रै पनि धेरैले रोजगारी गुमाउनुपरेको अवस्था सिर्जना भएको हुँदा बेरोजगारको सङ्ख्यामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असार मसान्तसम्म आन्तरिक रूपमा नौ लाख २४ हजार जनाले रोजगारी गुमाएको अनुमान छ भने विदेशमा रोजगारी गुमाउने नेपालीको अनुमानित सङ्ख्या छ लाख ४० हजार रहेको छ । त्यस्तै, नेपालको समग्र औद्योगिक र अन्य उत्पादकत्वमा पनि ह्रास आएको अध्ययनले देखाएको छ । कतिपय क्षेत्रमा उत्पादन ह्रास हुँदा मानव विकास तथा जनजीविकामा नै नकारात्मक प्रभाव परेको छ ।

यसका साथै राष्ट्रिय योजना आयोगका अनुसार कोरोना भाइरसले निम्त्याएको महामारीले महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई बढी असर परेको छ ।

jackson ribon