birat ribon

यस्ता छन् दाँतको पहेँलोपनबाट छुटकारा पाउने सजिलो तरिका

Neuro
यस्ता छन् दाँतको पहेँलोपनबाट छुटकारा पाउने सजिलो तरिका

विराटनगर/सेतो दाँत जो–कोहीको पनि रहर हुन्छ ।

Padelux insider
cura insider

हाँस्दा या बोल्दा देखिने पहेँलो दातका कारण एकदम लाज हुन्छ । कम उमेरमै वा जो–कोहीलाई पनि दाँत पहेँलो हुने समस्या हुन सक्छ । यस्तो पहेँलो दाँत हुनु सरसफाइको कमी, खानपानको गलत बानीले हुने हुन्छ । यस्ता कुरामा ध्यान नदिँदा दाँतमा फोहर जम्न गई दाँतको माथिल्लो तह खराब हुने, चमक कम हुने र दाँत पहेँलो हुन थाल्छ ।

घरमै भएका केही सामानको प्रयोग गरेर दाँतको पहेँलोपनलाई हटाई दाँतलाई सेतो, चमकदार बनाउन सकिन्छ ।

कागती : दाँतको पहेलोपनबाट छुटकारा पाउन कागतीको बोक्रा प्रयोग गर्नु प्रभावकारी हुन सक्छ । मुख धुनुभन्दा अगाडि दाँतमा कागतीको बोक्राको प्रयोग गर्न सकिन्छ ।

बेकिङ सोडा : बेकिङ सोडाको प्रयोग दाँतको पहेँलोपन घटाउनका लागि पनि धेरै प्रभावकारी छ । यसका लागि आफ्नो टुथपेस्टमा वा छुट्टै भए पनि अलिकति बेकिङ सोडा लिएर दाँत ब्रस गर्नुपर्छ । यो उपायले केही दिनमा दाँत पहेँलो हुने समस्याबाट मुक्त हुन मद्दत गर्छ ।

नुन : खानामा स्वाद थप्नका लागि प्रयोग हुने नुनले पनि दाँतको पहेँलोपनबाट छुटकारा दिलाउन सक्छ । यसको लागि नुनले सिधै दाँत सफा गर्ने वा नुनलाई पेस्टमा राखेर पनि प्रयोग गर्न सकिन्छ ।

तोरीको तेल र सिधे नुन : तोरीको तेल र सिधे नुन दुबैलाई बराबर मात्रामा मिलाएर बनेको पेस्टबाट दाँतलाई ब्रस गर्नुपर्छ । यस उपायले दाँतलाई पहेँलोपनबाट मुक्त गराउन मद्दत गर्छ ।

jackson ribon