birat ribon

मेस्सी अनुबन्धका लागि प्रयासरत पिएसजी

Neuro
मेस्सी अनुबन्धका लागि प्रयासरत पिएसजी

विराटनगर । फ्रेन्च लिग वान च्याम्पियन पिएसजी बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी अनुबन्धका लागि प्रयासररत रहेको छ । क्लबका खेल निर्देशक लियोनार्दोले अर्जेन्टिनी स्टार मेस्सी भित्र्याउने प्रयास जारी राखेको बताएका हुन् ।

Padelux insider
cura insider

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकिन मात्र पाँच महिना बाँकी छ । पछिल्लो समय उनी बार्सिलोनामा खुसी पनि देखिएका छन् । राम्रो लयमा फर्किएको अनुभव गरेका उनलाई हाल क्याप नोउमा खुसी मुद्रामा देख्न सकिन्छ ।

तर, अघिल्लो समरमा बार्सिलोना छोड्न जोड गरेका उनी अब यो वर्षदेखि क्लब छोड्न स्वतन्त्र छन् । मेस्सी अनुबन्ध गर्न युरोपका शीर्ष क्लबहरू लागिपरेका छन् । मेस्सी र बार्सिलोनाबीच सम्झौता नवीकरणको तालमेल नमिलेका बेला इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र पिएसजीले उनीमाथि इच्छा देखाइरहेको बताइन्छ ।

पिएसजी हाल मेस्सी अनुबन्ध गर्दै नेयमारसँग उनको पुनर्मिलन गराउने सोचमा छ । त्यसबाहेक मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ मैदान उतारेर च्याम्पियन्स लिग जित्ने दाउमा छ । यस्तैमा पिएसजीका खेल निर्देशक लियोनार्दोले मेस्सी अनुबन्ध गर्न आफूहरू प्रयासरत रहेको बताएका छन् ।

‘मेस्सीजस्ता महान् खेलाडीहरू सधैं पिएसजीको योजनामा रहन्छन् । मेस्सी हाम्रो सूचीमै छन् । तर, यो समय यसबारे कुरा गर्ने समय होइन, यसबारे सपना देख्ने पनि होइन । तथापि, हामीसँग निकट खेलाडीको विषयमा हामी छलफलमा छौं । अहिलेसम्म हामी छलफलका लागि बसेका छैनौं तर अब बस्नेक्रममा छौं,’ उनले भने ।

कोरोना महामारीले अन्य क्लबलाई पारेको प्रभाव पिएसजीमा पनि उत्तिकै छ । पिएसजीले नेयमार अनुबन्ध गरेको खण्डमा तीन स्टार (नेयमार, किलियन एम्बाप्पे र मेस्सी)लाई ठूलो राशी पारिश्रमिकमा खर्च गर्नुपर्ने हुन्छ ।

jackson ribon