birat ribon

अत्यधिक परफ्युमको प्रयोग शरीरका लागि हानिकारक

Neuro
अत्यधिक परफ्युमको प्रयोग शरीरका लागि हानिकारक

विराटनगर/अधिकांश व्यक्ति घरबाट बाहिर निसक्नुअघि डियो, सेन्ट वा परफ्युमको प्रयोग गर्ने गर्छन् ।

cura insider

गर्मीमा पसिना धेरै आउने, पसिना गनाउने मानिस तथा जाडोको समयमा नुहाउन नसक्दा शरीर गनाउने हुँदा धेरै डियो, सेन्ट वा परफ्युमको प्रयोग गर्ने गरिन्छ । शरीरमा आउने गन्ध तथा पुराना र धुन नभ्याएका कपडाबाट आउने दुर्गन्धलाई कम गर्नका लागि परफ्युमको प्रयोग गरिन्छ । तर, अत्यधिक डियो वा परफ्युम लगाउन स्वास्थ्यका लागि हानिकारक वा समस्या निम्त्याउने हुन सक्छ ।

बजारमा विभिन्न ब्रान्डका बास्नादार परफ्युमहरू सजिलै उपलब्ध छन् । शरीर नगनाओस् भनेर मानिसहरू परफ्युम तथा बडी स्प्रेलाई लुगामा मात्र नभएर काखी, जिउ, नाडी, कान, गला तथा शरीरका विभिन्न भागमा छर्कने गर्छन् । रक्सीलगायत धेरै प्रकारको केमिकल राखेर बनाइएको परफ्युमको प्रयोगले छालाबाट प्राकृतिक मोइश्चरलाई सोस्ने काम गर्छ । जसका कारण छाला सुक्खा हुने, छालामा समस्या हुनेदेखि विभिन्न स्वास्थ्य समस्या हुन सक्छ ।

डियो, सेन्ट वा परफ्युममा हुने न्युरोटक्सिनले स्नायु प्रणालीमा समेत असर गर्न सक्छ । दैनिक अत्यधिक डियो र परफ्युम लगाउनाले छालाभित्र पुगेर हर्मोनको सन्तुलनलाई बिगार्न सक्छ । कहिलेकाहीँ अत्यधिक परफ्युमको प्रयोग छालाको दाग, एलर्जी आदिको कारण हुन सक्छ ।

अत्यधिक परफ्युमको प्रयोग गर्नाले आएको कडा बास्नाले नाक फाइबरहरूलाई हानी पु¥याई दमका रोगी तथा माइग्रेनको समस्या भएकालाई गाह्रो बनाउन सक्छ । साथै, परफ्युममा हुने धेरै रसायनका कारण अल्जाइमर र विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउन सक्छ ।

jackson ribon