birat ribon

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला भारतलाई

Neuro
अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला भारतलाई

विराटनगर । भारतले अस्ट्रेलिया विरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेस्ट खेल तीन विकेटले जितेको छ । चौथो टेस्टमा जितसँगै भारतले चार म्याचको टेस्ट शृङ्खला २–१ ले जितेको छ ।

cura insider

अस्ट्रेलियाले प्रस्तुत गरेको तीन सय २८ रनको लक्ष्य भारतले सात विकेटको क्षतिमा थीन सय २९ रन बनाएर पूरा गरेको हो । भारतको जितमा रिषभ पन्त, शुभमन गिल र चेतेश्वर पूजाराको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो ।

१८ रनमै रोहित शर्मालाई गुमाएर कमजोर सुरुआत गरेको भारतलाई शुभमन गिलले ९१ रनको उत्कृष्ट पारी खेलेर स्थिरता प्रदान गरे । उनले चेतेश्वर पूजारासँग एक सय १४ रनको साझेदारी गरे ।

पूजाराले पाँचौं विकेटका लागि पन्तसँग ६१ रनको साझेदारी गरी ५६ रनको व्यक्तिगत योगफलमा पेभेलियन फर्किए ।

भारतलाई जितका लागि एक सय रन आवश्यक छँदा पन्तले मयन्क अग्रवाल र वाशिङ्गटन सुन्दरसँग साझेदारी गरेर जित नजिक पुर्‍याए ।

अस्ट्रेलियाका लागि प्याट्ट क्युमिन्सले सर्वाधिक चार तथा नाथन लियोनले दुई र जोश हयाज्लऊडले एक विकेट लिए ।

त्यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा तीन सय ६९ रनको औसत योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले शतकीय पारी खेल्दै एक सय आठ रन बनाएपछि अस्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भयो ।

उसको पारीमा म्याथ्यु वाडेले ४५ तथा टिम पैनले ५० रनको पारी खेले ।
भारतका लागि टी नटराजन, श्रद्धुल ठाकुर र वाशिङ्गटन सुन्दरले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिए ।

पहिलो पारीमा एक सय ८६ रनमै छ विकेट गुमाएर कमजोर प्रदर्शन गरेको भारतका लागि पुछारका ब्याट्सम्यानहरूले उत्कृष्ट पारी खेलेपछि उसले तीन सयको योगफल कटाउन सफल भयो ।

भारतले दोस्रो पारीमा तीन सय ३६ रनको योगफल तयार गरेको थियो । वाशिङ्गटन सुन्दरले आफ्नो डेब्यु टेस्टमै अद्र्धशतकीय पारी खेलेर भारतको योगफल तीन सयमाथि पुर्‍याएका थिए ।

श्रद्धुल ठाकुरले समेत अद्र्धशतक लगाए । उनले ६७ रनको योगदान दिए । दुवैजनाले सातौं विकेटका लागि एक सय २३ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी भारतीय पारीको सबैभन्दा ठूलो साझेदारी हुन पुग्यो ।

ओपनर रोहित शर्माले ४४ तथा चेतेश्वर पूजाराले २५, अजिन्क्यै रहानले ३७ तथा मयन्क अग्रवालले ३८ रनको पारी खेले ।

jackson ribon