birat ribon

सञ्चारकर्मी बिना श्रेष्ठको ‘न्याय मरेको देश’ सार्वजनिक

Neuro
सञ्चारकर्मी बिना श्रेष्ठको ‘न्याय मरेको देश’ सार्वजनिक

विराटनगर/समाजमा अपराधका घटनाहरू बढिरहेको अवस्थामा न्याय मौन बन्दै गइरहेकोप्रति लक्षित गर्दै ‘न्याय मरेको देश’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

गीतमा गायिका शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा राजेश पौडेलको शब्द र दिनेश मुस्कानको सङ्गीत रहेको छ ।

महिलाहरुमाथि हुने विभिन्न हिंसा, बलात्कार, एसिड काण्ड र छाउसम्बन्धी कथा समेटिएको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही, अनिता पौडेललगायतको अभिनय रहेको छ ।

रश्मी शाक्यको निर्माण, उत्तम हुमागाईंको छायाङ्कन, अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोलाई सञ्चारकर्मी बिना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

jackson ribon