birat ribon

बेलायतमा प्रति मिनेट एक सय ४० जनालाई कोभिडविरुद्धको खोप दिइँदै

Neuro
बेलायतमा प्रति मिनेट एक सय ४० जनालाई कोभिडविरुद्धको खोप दिइँदै

विराटनगर/बेलायतले प्रति मिनेट एक सय ४० जनालाई कोभिडविरुद्धको खोप लगाइरहेको छ ।

Padelux insider
cura insider

भ्याक्सिन डिप्लोइमेन्ट मिनिस्टर नाधिम जहावीले सोमबार जानकारी दिएअनुसार बेलायतमा प्रति मिनेट एक सय ४० जनालाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउने क्रम जारी छ । यो हप्तामा १७ र महिनाको अन्त्यसम्ममा ५० वाट नयाँ ठूला खोप केन्द्र सञ्चालनमा ल्याउन लागिएको हुँदा यो सङ्ख्यामा थप सुधार भएको देखिने जहावीको भनाइ छ ।

पछिल्लो तथ्याङ्कले देखाएअनुसार हालसम्म बेलायतमा ३८ लाख ५७ हजार दुई सय ६६ जनालाई खोपको पहिलो डोज दिइएको छ । त्यस्तै, चार लाख ४९ हजार सात सय ३६ जनालाई खोपको दोस्रो डोज लगाइसकेको छ । बेलायतले हाल ८० वर्षभन्दा माथिका, केयर होममा बस्नेलगायतका सबैभन्दा जोखिम समूहमा रहेका व्यक्तिलाई खोप प्रदान गरिरहेको छ ।

विश्वको पाँचौँ सबैभन्दा धेरै सङ्ख्यामा कोभिड सङ्क्रमित भएको देश बेलायतले सम्पूर्ण जनसङ्ख्यालाई खोप उपलब्ध गराउने पहिलो देश बन्ने दौडमा छ । जुन महामारीबाट बाहिर निस्किने र अर्थतन्त्रलाई फेरि अगाडि बढाउनका लागि उत्तम तरिका मानिन्छ ।

jackson ribon