birat ribon

फ्रेन्च फ्राइजले मृत्युको जोखिमलाई बढाउन सक्ने

Neuro
फ्रेन्च फ्राइजले मृत्युको जोखिमलाई बढाउन सक्ने

विराटनगर/फ्रेन्च फ्राइज पक्कै पनि बच्चा तथा युवा उमेर समूहमा लोकप्रिय खानामध्ये एक हो ।

लामो समयसम्म धेरै फ्राइजको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । र, तीमध्ये सबैभन्दा ठूलो यसले मृत्युको जोखिमलाई बढाउन सक्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनमा प्रकाशित चार हजार पाँच सय व्यक्तिहरूमा गरिएको अध्ययनअनुसार हप्तामा दुई पटक फ्रेन्च फ्राइज खानाले चाँडो मृत्यु हुने जोखिमलाई दोब्बरले बढाउन सक्छ ।

cura insider

फ्रेन्च फ्राइजको सेवनमा आलुले भन्दा पनि यसलाई तार्नका लागि प्रयोग हुने तेलले स्वास्थ्य जोखिम निम्त्याउने गरेको अन्वेषकहरूले औँल्याएका छन् । कार्ब र प्रोटिनको तुलनामा बोसोलाई शरीरले बिस्तारै पचाउँछ । त्यसैले फ्राइज तथा तेलमा तारिएमा धेरैजसो सबै खाना स्वस्थ खानाभन्दा धेरै लामो समयका लागि पेटमा बस्छ ।

जर्नल अल्ट्रासाउन्ड अन्तर्राष्ट्रियमा प्रकाशित एक अध्ययनअनुसार फ्राइड खानाको अत्यधिक सेवनले पेट दुखाइको समस्याबाट पीडित हुने सम्भावना बढी हुन्छ । क्लिनिकल न्यूट्रिसन एन्ड मेटाबोलिक केयर जर्नल कन्टिन ओपिनियन पत्रिकामा प्रकाशित अध्ययनअनुसार उच्च बोसोयुक्त वा तौलीय खाना खाँदा अस्वस्थ्यकर ब्याक्टेरिया बढाएर माइक्रोबायोमलाई बिगार्न सक्छ ।

यसको अत्यधिक सेवनले शरीरको प्रतिरक्षालाई कम गरी शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढाउने गर्छ । फ्याटले भरिएको खाना क्यालोरी बम बन्छन्, जसले शरीरको तौल बढाउँछ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनमा प्रकाशित एक अध्ययनका अनुसार तेलमा तारिएको खाना सीधा मोटापनासँग जोडिएको हुन्छ ।

फ्रेन्च फ्राइजलाई तेलमा फ्राई भएको तथ्यलाई ध्यानमा राख्दै यसमा ट्रान्स फ्याटको उच्च मात्रा हुन्छ जसले शरीरको खराब कोलेस्ट्रोललाई बढाएर राम्रो कोलेस्ट्रोललाई घटाउने काम गर्छ । यसले हृदय रोगको जोखिम बढाउँछ । एक अध्ययनले पत्ता लगाएअनुसार हप्ताको तीन पटक वा सोभन्दा बढी फ्राई गरिएको खाना खाँदा हृदयघात र स्ट्रोकको सम्भावना ७ प्रतिशतले बढ्छ ।

र, यदि व्यक्तिले प्रत्येक दिन यस्ता फ्राइड खाना खाँदा हृदयघात र स्ट्रोकको जोखिम दोब्बरले बढेर १५ प्रतिशत हुने गरेको पाइएको छ । अर्को अध्ययनअनुसार, रगतमा ट्रान्स फ्याटको मात्रा धेरै हुने व्यक्तिहरूमा अल्जाइमर रोग वा डिमेन्सिया हुने सम्भावना ७५ प्रतिशत बढी हुन्छ ।

jackson ribon