birat ribon

भारतमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु, पाँच सयमा साइड इफेक्ट

Neuro
भारतमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु, पाँच सयमा साइड इफेक्ट

विराटनगर । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप लगाएपछि उत्तर प्रदेशको मुरादाबादका ५२ वर्षीय र कर्नाटकका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Padelux insider
cura insider

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुले १६ र १७ जनवरीमा कोरोना विरुद्धको खोप लगाएका थिए । केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आगनानीले दुबैको मृत्यु खोपसँग सम्बन्धीत नभएको पोष्टमार्टम रिपोर्टमा देखिएको बताए ।

खोप लगाएको भोलिपल्ट मृत्यु भएका ५२ वर्षीय व्यक्तिको कार्डियोपल्मोनरी रोगका कारण र खोप लगाएको दुई दिनपछि मृत्यु भएको ४३ वर्षीय बिरामीको कार्डियोपल्मोनरी फेलियरका कारण मृत्यु भएको बताइएको छ ।

हालसम्म भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका पाचँ सय ८० जनामा साइड इफेक्ट देखिएको छ । सात जना अस्पताल भर्ना गरिएको छ ।

भारतमा जारी खोप अभियानमा तीन दिनमा तीन लाख ८१ हजार तीन सय भन्दा बढीलाई खोप लगाइएको छ ।

खोप लगाइएका मध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो । भारतमा अक्सफर्ड विश्वविद्यालयले बनाएको खोपको स्थानीय उत्पादन कोभिशील्ड र भारत बायोटेकको कोभ्याक्सिको प्रयोग गरिएको थियो । तर, हालसम्म कुन खोपले साइड इफेक्ट देखाएको र मृत्यु भएको हो भनेर बताइएको छैन ।

दुबै खोप २८ दिनको फरकमा दुई डोज दिइने छ । भारतमा पहिलो चरणमा लगभग एक करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने बताइएको छ । त्यसपछि प्रहरी, सेना, नगरपालिका र फ्रन्ट लाइनमा खटिएका कर्मचारीलाई खोप दिइने छ ।

jackson ribon