birat ribon

प्रदेशमा प्रचण्ड-माधव समूह संसदीय दलको बैठक, ओली समूहको स्थगित

Neuro
प्रदेशमा प्रचण्ड-माधव समूह संसदीय दलको बैठक, ओली समूहको स्थगित

विराटनगर । प्रदेश १ को सातौ अधिवेशनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बस्दैछ । मंगलबारका लागि बोलाइएको ओली समूहको संसदीय दलको बैठक भने स्थगित भएको छ ।

cura insider

बुधबार दिउँसो २ बजेबाट सुरु हुने छलफलका लागि तयारी गर्न नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मंगलबार ११ बजे तयारीका लागि संसदीय दलको बैठक बोलाइएको बताए । कांग्रेसको बैठक प्रदेशसभा सचिवालय भवनमा हुनेछ ।

नेकपा ओली समूहले पनि सचिवालयमा नै बैठक बोलाएको थियो । तर न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको छ । प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो १२ बजे होटल एसियाटिकमा बैठक बोलाएको छ ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीका अनुसार समय अभावका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । ‘म आफै उदयपुरमा छु । बैठकमा जान ढिलाे हुने भएपछि स्थगित गरियो ।’ उनले भने ‘मुख्यमन्त्रीज्यूसँगको सल्लाहमा अर्काे बैठक बस्छौं ।’

स्रोतका अनुसार कोरम नपुगेका कारण बैठक नबोलाइएको हो । ‘ नेकपामा ५–७ जनाको समूह न्यूटल छ ।’ स्रोतले भन्यो ‘ त्यो समूह नआएपछि ओली समूहको बैठक बस्न सकेन् ।’

प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो मौसमले बहुमत सदस्यको उपस्थीतिमा बैठक बस्ने बताए । ‘हामी बहुमत सदस्यको उपस्थीतिमा बैठक बस्दैछौं ।’ उनले भने ‘ प्रदेशसभा बैठकका बारेमा आवश्यक तयारी गर्नेछौं ।’

jackson ribon